३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सरकारले तोकेरै भन्यो, ‘सहकारीमा पैसा राख्दा होस गर्नु’



३ जेठ ०७९,काठमाडौं । सरकारले सर्वसाधारणलाई सहकारीलगायत वित्तीय संस्थामा पैसा राख्दा विश्वसनियता परिक्षण गर्न अनुरोध गर्दै सचेत गराएको छ ।
विज्ञापन बोर्डमार्फत विज्ञापन जारी गर्दै सरकारले अधिक लाभमा नफस्न अनुरोध गरेको हो ।
पछिल्लो समय वित्तीय क्षेत्रमा समस्या आइरहेको सन्दर्भमा सहकारीलगायत भनेर तोकेरै पैसा राख्न सचेत गराउदा जनमानसमा भने गलत अर्थ लागेको छ । सरकारले नै अर्थतन्त्र संकटोञ्मुख रहेको बेला यसरी प्रचार गर्दा सामाजिक सञ्जालमा विरोधको स्वर आउन थालको छ ।
सहकारी विभागले सूचना जारी गर्दै केहि दिन अघि सुशासनमा नचल्ने र व्यक्तिगत हितमा केन्द्रित सहकारी संस्थाहरुमा समस्या देखिएको बताएको थियो ।
अभिभावकको भुमिकामा रहेको सरकारले नै यसरी हल्ला खल्ला गर्दा गतल अर्थ लाग्ने भन्दै अर्थतन्त्रका जानकारहरुले टिप्पणी गरेका छन् । एक सहकारीकर्मीले सरकारले नै सहकारीलाई केन्द्रिय गरेर प्रचार गर्दा थप अप्ठ्यारो पर्ने बताउछन् ।
उनी भन्छन्, ‘केही सहकारीमा समस्या आयो भन्दैमा सबै समस्यामा लैजानु हुँदैन । अर्थतन्त्रमा अप्ठ्यारो पर्दा सबैलाई संकट पर्छ । सहकारी, बैक, फाइनान्स हामी एउटै ढुंगामा छौं । ्हामी डुवे सरकार पनि डुव्छ ।’
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु थ्प लगानी गर्न निक्षेष नहुदा व्यावसाय विस्तार गर्न सकेका छैनन । व्यावसाय विस्तार नहुँदा बैकहरुको आम्दानी पनि खस्केको छ ।
पछिल्लो समय बचतकर्ताको करोडौं रुपैयाँ उठाएर कुम्ल्याई भागेका र टाट पल्टेका गौतमश्री, सिभिल,देउरालीलगायतका सहकारी संस्थाहरुका कारण समग्र सहकारी क्षेत्रमै समस्या निम्तिएको देखिन्छ ।
वित्रीय संस्थाहरुका संकट आउदा सहकारीको पैसा झिक्ने क्रम बढेको सहकारीकर्मीहरु बताउछन् ।

 

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ८ : ५५ बजे