८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर महानगरले सुन्दरीघाटलाई बनायो अस्थायी डम्पिङ्ग साइट, स्थानीयद्वारा विरोध



सुन्दरीघाटस्थित बस्ती नजिकै बनाइएको अस्थायी डम्पि साइट । लेन्स : ललितपुर खबर

ललितपुर खबर
५ भदौं ०७९, ललितपुर । ललितपुर महानगरले सानेपा,धोविघाट नजिकै रहेको सुन्दरीघाटमा अस्थायी डम्पिङ साइटको रुपमा उपभोग गरेको पाइएको छ ।
नुवाकोटस्थित बञ्चरेडाँडामा फोहोर विर्सजन गर्न स्थानीयबासीले अवरोध गरेपछि आएको संकट टर्न महानगरले यस क्षेत्रमा फोहोर विर्सजन गरेर अस्थायी रुपमा डम्पिङ साइट बनाएको हो ।
लगातार बस्ती नजिकै रातको समयमा फोहोर ल्याएर फ्याक्न थालेपछि स्थानीयबासी विरोधमा उत्रे पनि महानगरले आफ्नो समस्या नसुनेको स्थानीयहरु बताउछन् । उनीहरुका अनुसार महानगरले स्थानीयको आवाज नसुनी फोहोर पुरेको छ ।
केही दिनअघि फोहोरमा गन्ध नआउन औषधि राख्न आएपछि स्थानीयबासीले घेरा हालेर गाडी नियन्त्रणमा लिएका थिए । महानगरका मेयर चिरीबाबु महर्जन नआएसम्म गाडी नछोड्ने अडान राखेर स्थानीयको विरोधपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको थियो ।
महानगरका नगरप्रहरी प्रमुख सिताराम हाछेथु विवाद भइरहेको स्थानमा आए पनि विवाद नमिलेपछि फर्केका थिए । भोलिपल्ट स्थानीयको विरोध पछि महानगरले फोहोर पुर्ने भन्दै माथि माथि थोरै माटो राखेर थिचेको थियो ।

सुन्दरीघाटस्थित बस्ती नजिकै बनाइएको अस्थायी डम्पि साइट । लेन्स : ललितपुर खबर

स्थानीय विवेशह जंग बस्नेतका अनुसार आफूहरुले धेरै प्रयास गरेर फोहोर उठाएर लैजान आग्रह गर्दा पनि महानगरले नटेरेको बताउछन् । उनका अनुसार लगातार १५ दिन जति रातको ११ बजेपछि बस्ती नजिकै फोहोर ल्याएर राख्दा टोल नै दुगन्धित भएको थियो ।
स्थानीय गंगा लामा फोहोर फ्याकेपछि टोल नै गन्हाउन थालेको बताइन् । उनले भनिन्, ‘हावा चलेको बेला घर बाहिर बस्नै हुदैन ।’
डम्पिङ साइट नजिकै एक कार्यालयमा सुरक्षा हेर्ने दिपकबहादुर मल्लका अनुसार महानगरको गाडीले बाटोमा फोहोर खसालेर समस्या बढेको बताए । भने, ’नजिकै फोहोर राखेको छ । हामीले यही ड्युटी गर्नुपर्छ । कामै छोडौं कि जस्तो पो लाग्छ ।’ उनका अनुसार यहाँ करिव ३ सय टिपर फोहोर राखिएको छ ।

फोहोरबाट निस्केको लिच्चड । यो लिच्चड वागमतीमा बगाइएको छ । लेन्स : ललितपुर खबर

महानगरले माथि माथि माटो राखेर अलि अलि मात्रै पुर्दा दुगन्ध बढेको उनको भनाई छ । । उनले भने, राम्रैसँग पुरेको भए समस्या हुने थिएन । बाहिरबाट हेर्दा सबै फोहोर देखिन्छ । झारा टारेर मात्रै महानगर पञ्छेको छ ।
महानगरको वडा नम्बर ४ का वडाध्यक्ष सन्तोष खड्काले नेप्से म्याक्स नामक नीजि कम्पनीले पैसा लिएर उठाएको फहोर आफ्नो वडामा रहेको टोलमा ल्याएर फ्क्यानु दुभाग्य भएको बताए । उनले भने,‘फोहोर फिर्ता गरेको भनेर हल्ला खल्ला भएको थियो । तर त्यहाँ पुरिएको रहेछ यो गलत हो ।’
मेयर चिरी बाबु महर्जन, कार्यकारी अधिकृत गणेश अर्याललगायतसँग यस विषयमा कुरा गर्न खोज्दा उनीहरु सम्पर्कमा आएनन् ।

 

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ११ : ३६ बजे