
५ भदौं ०७९, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेको छ। पार्टीको केन्द्रीय कार्यालय, ललिपुरमा बसेको आकस्मिक बैठकले कांग्रेसका नेता, समाजवादी चिन्तक, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भाद्र ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जानकारी दिए। उनका अनुसार भदौ ६ गते सोमबारका दिन केन्द्र तथा मातहतका सबै कार्यालयहरु बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिन ९भाद्र १६ गते० सम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र १६ गते केन्द्र र सबै जिल्लाहरुमा शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ।







प्रतिक्रिया