३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सरकारले ग¥यो सहकारी लक्षित विज्ञापनमा सुधार




५ भदौं ०७९, काठमाडौं । वित्तीय संकटको मुखैमा रहेको बेला सरकारले सहकारीलाई लक्षित गरेर छापा सञ्चारमाध्यमहरुमा प्रकाशनका लागि पठाएको विज्ञापनमा सुधार गरेको छ । विज्ञापन बोर्डले विज्ञापनमा सुधार गरेर छापा सञ्चार माध्यहरुलाई पठाएको हो ।
यस अघि ‘सहकारीलगायत वित्तीय संस्थामा रकम जम्मा गर्दै हुनुहुन्छ ? हो भने त्यस्तो संस्थाको वित्तीय विश्वसनियताको परिक्षण गर्न नविर्सौ । अधिक लाभको लोभमा नफसौं । भन्ने सन्देस विज्ञापनको रुपमा पठाएको थियो ।’


यस पल्ट भने ‘सहकारी लगायत वित्तीय संस्था’को ठाँउमा ‘बैक, वित्तीय संस्था तथा सहकारीहरुमा’ भन्ने शव्द थपिएको छ । विज्ञापनमा ‘बढी व्याजको लोभमा नफसौं । व्याजको लोभमा सावासमेत नगुमाऔं ।’ भन्ने वाक्य थपिएको छ ।
अघिल्लो पल्ट बोर्डले सहकारी शव्दलाई प्राथमिकता दिएर सार्वजनिक सञ्चारमाध्यमहरुबाट विज्ञापन प्रकाशन गर्दा आजजनमानसमा भ्रम पर्न गएको भन्दै सरोकारवालाहरुले विरोध गरेका थिए ।्
अर्थतन्त्रका सबै क्षेत्रमा प्रभाव भइरहेको सन्दर्भमा सहकारीलाई मात्रै कोट गरेको भन्दै सहकारीका अगुवाहरुले सुधार गर्न माग गरेका थिए ।
विज्ञापन बोर्डले सुधार गरेर सञ्चारमाध्यमहरुलाई विज्ञापन पठाएपछि सहकारीकर्मीहरुले त्यसको स्वागत गरेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ८ : २७ बजे