८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सातदोवाटोको देउराली बहुउद्देश्यीय सहकारी बचत फिर्ता गर्न नसक्दा कालोसूचिमा




६ भदौं ०७९,ललितपुर । ललितपुरको सातदोबाटोमा मुख्य कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारीलाई कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेको छ ।
गतअसार पहिलो साताबाट बचतलाई फिर्ता गर्न नगरेको यस सहकारी संस्थालाईसुचना केन्द्रले कालो सूचीमा राखेको हो ।
संस्थासँगै अध्यक्ष रविन्द्र चौलागाईं र पुजा खत्री पनि कालो सूचीमा परेका छन् ।


रविन्द्र चौलागाई केही समयअघि पक्राउ परेका थिए । उनी गत शुक्रबार छुटेर फर्केको बताए । उनले भने, अब म काममा लाग्छु । सहकारीको हिसाव किताव मिलाउनतर्फ काम गरिहरको छु ।
उनले सहकारी कालो सूचिमा भने परिनसकेको बताए । भने, ‘सात लाखको चेक काउण्स गरेको भनेर फर्जी उजुरी दिएको रहेछ । म मिलाउदैछु । यो सबै हिसाव किताव मिल्छ ।’
कर्जा सूचना केन्द्रले आफ्नो सूचनामको ३१ हजार ३ सय ७६ नम्बरमा सहकारीलाई कालो सूचिमा राखेको छ । कालो सूचीमा संस्थाका अध्यक्ष रविन्द्र चौलागाई र उनकी श्रीमती पूजा चौलागाईको नाम समेत समावेश गरिएको छ । जुन सबैले वेभ साइटमा गएर हेर्न सक्छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ९ : ५४ बजे