१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको तापक्रम ३० डिग्री, सतर्कता अपनाउन आग्रह



६ भदौ ०७९, काठमाडौँ ।  केही दिनयता काठमाडौं उपत्यकालगायत देशभर तापक्रम वृद्धि भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
काठमाडौं उपत्यकालगायत देशका अधिकांश ठाउँमा केही दिनयता पानी परेको छैन । आइतबार २९ डिग्री सेल्सियस रहेको काठमाडौंको तापक्रम आज ३० डिग्री सेल्सियस पुगेको छ ।

‘विगत केही दिनदेखि वायुको तापक्रममा वृद्धि भइरहेको र आज पनि वृद्धि हुने क्रममै रहेकाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाको प्रेस नोटमा भनिएको छ ।

 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ३ : ०७ बजे