१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


थापागाउँ र कोटेश्वरमा सार्वजनिक बसमा ढुंगा प्रहार



७ भदौं ०७९, काठमाडौं  । काठमाडौं उपत्यकामा सामान्य रुपमा सवारी साधन सन्चालन भइरहेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिहान केही कम सवारी साधन चले पनि अहिले सडकमा सवारी साधनहरुको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ ।
थापागाउँमा नेपाल यातायातको एउटा बसमा ढुंगा प्रहार भएको छ । त्यसअघि बिहान कोटेश्वरको भाटभटेनी नजिक मोटरसाइकलमा सवार एक व्यक्तिले माइक्रो बसमा ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट बा ३ ख ७९०६ नम्बरको माइक्रो बसको अगाडिको सिसा फुटेको छ । कोटेश्वरमै बा ४ ख ९३९४ नम्बरको बसको सिसा पनि फुटाइएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ९ : ४८ बजे