५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसद बैठक एक साता स्थगित



७ भदौं ०७९, काठमाडौं ।  प्रतिनिधि सभा बैठक एक साता स्थगित गरिएको छ । नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साता स्थगित गरिएको हो ।
मंगलबार देखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै नराख्न सभामुख समक्ष आग्रह गरेको थियो । एमालेको आग्रह अनुसार प्रतिनिधि सभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको बताइएको छ ।

नेकपा एमालेको आज स्थायी कमिटी बैठक छ । यसैगरी ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।