
७ भदौं ०७९, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ९४९ नमुना परीक्षण गर्दा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२ हजार ७५७ नमुनाको पीसीआर परीक्षण गर्दा ३४३ जनामा र २ हजार १९२ नमुनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार २२१ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।







प्रतिक्रिया