५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


४८७ जनामा कोरोना संक्रमण



८ भदौ ०७९,काठमाडौं ।  पछिल्लो २४ घण्टामा नेपालमा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि समय कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार १७७ जनामा कोरोना संक्रमण परीक्षण गरिएको थियो । जसमध्ये २ हजार ८०६ जनामा गरिएको आरटी पिसीआर परीक्षणमा २४२ जनामा संक्रमण पुष्टि भएको हो । साथै २ हजार ३७१ जनामा गरिएको एन्टीजेन परीक्षणमा २४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोहि समय १६४ जना कोरोना मुक्त भएका छन् । आज थपिएको संक्रमितसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार २९८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

 

 

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ५ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।