१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


अनधिकृत संरचना हटाउन बालेन नयाँ बानेश्वर र शंखमुलमा



९ भदौं ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)सहितको टोली बिहीबार नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन पुगेको छ ।

महानगरीय प्रहरी महाशाखा प्रमुख डीआईजी मीरा चौधरीसहित सुरक्षाकर्मी लिएर पुगेको महानगर टोलीले सो क्षेत्रमा बनेका अनधिकृत संरचनाको अवलोकन गरेको हो । शंखमूल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकन गरेको महानगरको टोलीसँग घरधनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने प्रतिबद्धता जनाएका छन् ।

महानगरको टोलीले  बिहीबार सो क्षेत्रमा अन्डरग्राउन्ड पार्किङ गर्ने स्थानमा व्यवसायका लागि भाडामा दिएपछि सो स्थान खाली गराउन निर्देशन दिएको छ ।  नयाँ बानेश्वर क्षेत्रमा पनि महानगर टोलीले बिहीबार अनुगमन गरेको छ । गत सोमबार नयाँ बानेश्वरमै अन्डरग्राउन्डमा रहेका पसल हटाएको र अनधिकृत संरचना भत्काएको महानगरले बुधबार सुन्न्धरास्थित काठमाडौं मल, न्यूरोडको आरबी कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना भत्काएको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  १ : ११ बजे