५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गठबन्धन दलहरुमा साना दलले मागे धेरै सिट



फाइल फोटो

१० भदौं ०७९,काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धन दलहरुले चुनावी तालमेलका लागि साना दलले धेरै सिट खावी गरेका छन् । बैठकमा माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी)ले ४० सिट दावी गरेको छ भने भर्खरै फुटेको जनता समाजवादी पार्टी नेपालले ३२ सिटको दावी गरेको छ । अर्को सानो दल राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेको जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिएका छन् ।
बैठकमा कार्यदलका तर्फबाट नेपाली कांग्रेस एक्लैले १ सय सिटको दावी गरिरहेको छ भने नेकपा (माओवादी केन्द्र)ले ६० आफूले पाउनु पर्ने दावी छ ।
गठबन्धनको कार्यदलसहित शीर्ष नेताहरुको बैठक आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।
सिट बाँडफाँटका सम्बन्धमा लामो समयदेखि छलफल भइरहेका सन्दर्भमा आज कार्यदलमा रहेका सबै दलले आआफ्नो दाबी गरेको र त्यसपछि कुन निर्वाचन क्षेत्र हो भनी सोबारेमा समेत छलफल भएको उनले बताए । भोलि अपराह्न ४ बजे बस्ने गठबन्धनको बैठकमा यस बारेमा विस्तृत छलफल गरी शीर्ष नेतृत्वसमक्ष प्रतिवेदन पेश गरिनेछ ।
यसअघि आज बिहान बसेको गठबन्धनका शीर्ष नेतासहितको बैठकले सिट बाँडफाँटका सम्बन्धमा एक सय ६५ वटै निर्वाचन क्षेत्रको अवस्थाको अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ६ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।