१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मध्यपुरथिमिका पाँच सय १९ स्थानीय स्ववासीलाई लालपुर्जा वितरण



मध्यपुर थिमि नगरपालिका वडा नं. ५ र ७ का स्थानीयलाई स्वबासी जग्गाको जग्गाधनी पुर्जा वितरण गर्दै नगरप्रमुख सुरेन्द्र प्रजापति, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, नापी कार्यालय भक्तपुरका कर्मचारीलगायत। लेन्स : लक्ष्मी गारु/रासस

१० भदौं ०७९, भक्तपुर । नापी कार्यालय भक्तपुरले नाप जाँच गरी हाल साविक गरेको पाँच सय १९ थान जग्गाधनी पुर्जा मध्यपुरथिमि नगरपालिका ५ र ७ का स्थानीय स्ववासीलाई वितरण गरिएको छ ।
आज मध्यपुरथिमि नगरपालिका कार्यालयमा नापी कार्यालयले आयोजना गरेको पुर्जा वितरण कार्यक्रममा पाँच सय १९ थान स्ववासीलाई उनीहरुले भोग चलन गर्दै आएको जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालय भक्तपुरका प्रमुख मग्नु दत्तले जानकारी दिएका छन् ।
उनले २०२१ सालमा प्राविधिक कारणले नापजाँच हुन नसकेको र परापूर्वकालदेखि हकभोग गरी बसोबास गरिरहेको हकमा जग्गा नापजाँच ऐन २०१९ को दफा ६(५) बमोजिम नाप जाँच भई तयार भएका जग्गाधनी पुर्जा वितरण गरिएको बताएका छन् ।
मध्यपुरथिमि नगरपालिकाको साविक १७ वटा वडा मध्ये हालसाविक लागु भएको वि. सं. २०६४ देखि २०७६ सम्म ८ वटा वडाको सीमित पुर्जा वितरण भएको र हाल तीन वर्षको अवधिमा थप आठ वटा वडाको पुर्जा वितरण भएको उनले जानकारी दिए ।
सुकुम्वासी जस्तै बसेर अनेकौ समस्या झेल्दै आएका स्थानीय स्वबासीलाई नगरपालिकाको पहलमा जग्गा धनी पूर्जा वितरण गरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए । भोली पनि पूर्जा वितरण कार्य जारी रहने उनले बताए ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ६ : ५५ बजे