३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सातदोवाटोको देउराली सहकारीले ल्यायो पैसाको सट्टा जग्गा दिने अफर



१० भदौं ०७९,काठमाडौं । सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारीले ठूला बचतकर्तालाई पैसाको सट्टा जग्गा दिने अफर ल्याएको छ ।
जग्गा लिन पैसा नपुग्ने बचत कर्तालाई समुहिक जग्गा पास गरि दिनेदेखि २ वर्षपछि जग्गा फिर्ता लिएर पैसा लिनेसम्मको अफर सहकारीका अध्यक्ष रविन्द्र चौलागाईले ल्याएका हुन् ।
पछिल्लो समय बचतकर्ताको पैसा फिर्ता गर्न नसकेर समस्यामा परेको यस सहकारीका अध्यक्ष रविन्द्र चौलागाईले वचतकर्ताहरुलाई एक पार्टी प्यालेसमा बोलाएर आफू कारोबार सल्ट्याउने पक्षमा रहेको बताउदै सबै शिर्षकमा रहेका बचत रकमलाई दुई भागमा विभाजन गरेर बचत फिर्ता गर्ने योजना सुनाएका छन् ।


५ लाख सम्मको बचत रकमलाई साना बचतकर्ता र ५ लाख भन्दामाथीका लागि ठुलो बचतकर्ताको रुपमा विभाजन गरेर बचत फिर्ता गर्ने योजना अघि सारेका छन् ।
चौलागाँइले चितवन जिल्लाको भरतपुर नगरपालिका वडा नं ६ मेघौलीमा रहेको ५७ विगाहा जग्गालाई १ हजार २ सय ६७ प्लटमा प्लटिङ गरेका छन् । मेघौलीलगायत अरु विभिन्न ठाउँहरुमा समेत रहेका जग्गा बचत सुरक्षणका लागि ठुला निक्षेपकर्तालाई नामसारी गर्ने योजना संस्थाले बनाएका उनले बताए । उनले २ वर्षपछि व्याज दिने तर जग्गाको दर रेट भने त्यस बेलाको दररेटमा गरिने राखेका छन् ।
उनले आफूले कारोवार मिलाउन दिनरात खटेर लागेको र सबैलाई चित्त बुझाएर काम गर्न चाहेको बताए ।
तत्काल सबै बचत फिर्ता गर्न ऋण नउठेको भन्दै सहकारीले यो योजना अघि सारेको अध्यक्ष चौलागाईले ललितपुर खबरलाई बताए ।
उनले अघि सारेको योजना अनुसार पहिलो ५ लाखसम्मका साना बचतकर्ताहरुलाई तत्कालै संस्थाको ३ ओटै काउन्टरबाट क्रमिक भुक्तानी गर्दै जाने र ५ लाखभन्दा बढी बचत रकम भएकाहरुलाई २ बर्ष भित्र सम्पुर्ण रकम फिर्ता गरिने अध्यक्ष चौलागाँइले बताए ।
५ लाख बढीका निक्षेपकर्ताहरुले बचत सुरक्षणको लागि घडेरीको रुपमा विकास गरिएको टुक्रा जग्गा नामसारी गरि बचत रकम सुरक्षण गर्ने योजना सुनाए् ।
संस्थाको रकम दुरुपयोग भएको नभइ लगानी गरेका ठाउँहरुबाट रकम नउठेको नभएको कारण समस्या देखिएको चौलागाँइले दावी छ ।
संस्थाले दुइ महिना यता टोकन सिस्टममा चलाइएका सबै काउन्टर नर्मल रुपमा खोल्ने उनको योजना छ । ५ लाखसम्म बचत रहेका साना बचतकर्ताको रकम अविलम्ब फिर्ता गर्दै जाने उनको भनाई छ ।
कोरोना महामारीको असर, अर्थजगतमा निरन्तरको तरलता समस्या र आर्थिक मन्दीको प्रभाव स्वरुप सातदोवाटोस्थित देउराली बहुउदेश्यीय सहकारीमा समस्या देखिएको स्वीकार गर्दै समस्या हल हुने दिशामा रहेको संस्थाका अध्यक्ष रविन्द्र चौलागाँइले दावी गरेका छन् ।

बजारमा देउराली बहुउदेश्यीय सहकारी समस्यामा गयो, डुब्न लाग्यो भन्ने खालका हल्ला फिजाइएको भन्दै निक्षेपकर्ताहरुलाई डाकेर अध्यक्ष चौंलागाइले निक्षेपकर्ताहरुलाई आश्वासन दिएका हुन् ।
अध्यक्ष चौलागाँइले सदस्यहरुका प्रश्न तथा गुनासाहरुको दिदै कसैले पनि आत्तिनु नपर्ने र सबैको निक्षेप साँवा ब्याज सहित फिर्ता हुने बताए । त्यसका लागि सबैले धर्यता राख्नुपर्ने र संकटपूर्ण राष्टिय आर्थिक अवस्थाको परिस्थीतिलाई बुझनु पर्ने उनको तर्क थियो ।
उनले निक्षेप फिर्ता लिन गर्न चाहनेहरुका लागि दुइ चरणमा दुइवटा विकल्प दिएर साँवा ब्याज सहित फिर्ता गर्ने बताएका छन् । अन्य सहकारीहरुमा देखिएका समस्या एवं विकृतिले बजारलाई त्रसित बनाएको दावी गर्दै निक्षेपकर्ताहरु आत्तिएको भन्दै उनले देउराली बहुउदेश्यीय सहकारी संस्था भने डुब्ने नै गरी कुनै समस्या नभएको बताएका छन् ।
विगत केहि महिना यता संस्थामा तरलताजन्य समस्या आएको भएपनि त्यसको विस्तारै हल हुँदै जाने उनले ठोकुवा गरे । अध्यक्ष चौलागाईले ६२ करोड रुपैयाँ मात्रै बचत फिर्ता गर्न बाँकी रहेको बताए ।

बहुउदेश्यिय सहकारी भएको हिसावले संस्थाले विभिन्न ठाउँमा गरेको लगानीको प्रतिफल प्राप्त नभइसकेको अवस्थामा समस्याहरु देखिएको र कोभिडका कारण संस्थाद्धारा प्रवाह गरिएका कर्जा रकम नउठेको भएपनि विस्तारै उठ्दै गएपछी संस्था लयमा फर्किने उनले बताए । उनले संस्थाले आर्थिक मन्दीसँग जुधेर आफना सबै लक्ष्य उदेश्य हासिल गर्ने ठोकुवा गरे ।
पछिल्लो समय सहकारीले बजारबाट उठेको पैसा क्रमिक रुपमा १० हजारका दरले बचत फिर्ता गरिरहेको छ ।
करिव २० हजार सदस्यहरु रहेको देउराली बहुउदेश्यीय सहकारीले निक्षेपकर्ताहरुबाट ३ अर्ब बचत संकलन गरेको छ । हाल संस्था निक्षेपकर्ताहरुको ६५ करोड रकम फिर्ता गर्नुपर्ने अवस्थामा रहेको उनको भनाई छ । संस्थाले प्रवाह गरेको कर्जा समयमा नै नउठेको र कोभिड लगायत देशमा प्रकट भएको आर्थिक मन्दीका कारण समस्या सिर्जेको अध्यक्ष चौलागाँइले बताएका छन् । ललितपुरको सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको सहकारीको भक्तपुर र न्युरोड समेतमा गरि ३ वटा काउन्टर छन् ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ९ : ०१ बजे