५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


महाअभियोग समितिले माग्यो जबराविरूद्वका प्रमाण



१० भदौं ०७९,काठमाडौं । संघीय संसद प्रतिनिधि सभा महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध प्रमाण, कागजात तथा जानकारी भए उपलब्ध गराउन आग्रह गरेको छ ।

संघीय संसदले आज सार्वजनिक सूचना जारी गर्दै तीन दिनभित्र समितिमा आइपुग्ने गरी राणविरुद्ध कुनै प्रमाण, कागजात तथा जानकारी भए उपलब्ध गराउन अनुरोध गरेको हो ।  सूचना प्रकाशन भएको मितिले तीन दिनभित्र समितिमा आइपुग्ने गरी पठाउन समितिले आग्रह गरेको छ ।

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश राणालाई बयानका लागि भदौ १५ गते बोलाएको छ ।  राणाविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएपछि उनको पद निलम्बनमा परेको छ ।

साउन २२ गते बसेको प्रतिनिधिसभा बैठकले जवराविरुद्धको महाभियोगलाई सिफारिस समितिमा पठाएको थियो ।  समितिले बढिमा तीन महिनाभित्र महाअभियोगको विषय टुग्याउनुपर्नेछ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।