१० भदौं ०७९,काठमाडौं । काठमाडौंः काठमाडौं महानगरले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड खाली गराएको छ । अनुगमनका क्रममा शुक्रबार राहदानी विभाग पुगेको महानगरको टोलीले अण्डरग्राउण्ड प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि कुर्सीहरु हटाएको छ ।
महानगरका मेयर बालेन शाहसहितको टोलीले बिहीबार नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्सको संरचना भत्काएको थियो ।
प्रतिक्रिया