५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


धरान पुगेर प्रचण्डले गरे वृक्षारोपण, भन्छन्-, ‘माओवादीले गर्ने काम हर्क सम्पाङले गर्नुभयो’



१० भदौं ०७९,काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धरान उपमहानगरपालिका पुगेर मेयर हर्क साम्पाङसँगै रूखको विरूवा रोपेका छन् । उनले वरिष्ठ कलाकार जेबी टुहुरेको स्मृतिमा धरानमा विरुवा रोपेको बताए । सो क्रममा उनले कम्युनिष्ट पार्टी र विशेष गरेर माओवादीले गर्नुपर्ने काम मेयर साम्पाङले गरेको भन्दै प्रशंसा गरे ।

उनले आफ्ना पार्टीका नेता, कार्यकर्तालाई हर्कको कामबाट प्रेरणा लिन समेत आग्रह गरे । विरुवारोपण कार्यक्रममा धरानका मेयर हर्क, उपमेयर अइन्द्र बिक्रम बेघा लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ३ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।