२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


दसैंलाई नयाँ नोट बाँड्ने तयारी



नयाँ नोट ।

१२ भदौं ०७९, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण गर्ने तयारी गरेको छ। चाडपर्वलाई लक्षित गरी नयाँ नोट सटही दिने तयारी राष्ट्र बैंकले गरेको हो।

नेपाल राष्ट्र बैंकले दसैं, तिहार र छठजस्ता प्रमुख चाडपर्वलाई लक्षित गरी नयाँ नोट सटही सुरु गरेको हो। राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट साट्ने व्यवस्था गर्न लागेको हो।

यही भदौ अन्तिम सातादेखि वितरण हुने राष्ट्र बैंकले जनाएको छ। तर वितरण गर्ने अवधि ‘फिक्स’ गर्न भने बाँकी छ। सकेसम्म असोज महिना सुरु नहुँदै वितरण सुरु गर्ने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  १ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।