१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


‘काठमाडौं मल’ को नक्सा पास र भवन निर्माण इजाजत दुवै छैनः महानगर



१२ भदौं ०७९, काठमाडौं । कर्मचारी सञ्चय कोषको भवन ‘काठमाडौं मल’ को नक्सा पास र भवन निर्माण इजजात दुवै नभएको पाइएको छ।

आइतबार कर्मचारी सञ्चय कोषका पदाधिकारी काठमाडौं महानगरपालिका बिच भएको छलफलमा कोषको नक्सा पास र भवन निर्माण इजजात दुवै नभएको पाइएको हो।

कर्मचारी सञ्चय कोषले महानगरपालिकाबाट नक्सा पास नभएता पनि भवन निर्माण गरेको थियो।

सञ्चय कोषले नक्सा पास र भवन निर्माण इजजात दुवै नगरेमा महानगरले भवन भत्काउने काठमाडौं महानगरका मेयरको स्वकीय सचिव भुपदेव साहले बताए।

पछिल्लो समय काठमाडौं महानगरले अवैध संरचना भत्काउने अभियान थालेको छ।

 

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ६ : ०४ बजे