२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चोलेन्द्र शम्शेर जबराविरुद्ध बारले बुझायो २४ बुँदे प्रमाण



१२ भदौ ०७९, काठमाडौं । नेपाल बार एशोसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोग पुष्टि हुने ३४ बुँदे प्रमाणसहितको पत्र सङ्घीय संसद्को महाभियोग सिफारिस समितिलाई बुझाएको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले महाअभियोग पुष्टि हुने प्रमाण कागजातसहितको पत्र समितिमा बुझाएको हो ।
पत्रमा प्रधानन्यायाधीश जबरा उपरको नेपालका संविधानको धारा १०१ बमोजिम महाभियोग प्रस्तावलाई पुष्टि गर्ने महाभियोग आरोपसँग सम्बन्धित कागजात, विवरण, जानकारी लगायतका प्रमाणहरू पठाइएको उल्लेख छ ।
‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराउपर नेपालको संविधानको धारा १०१ वमोजिम महाभियोग प्रस्तावलाई पुष्टि गर्नका लागि महाभियोग आरोपसँग सम्वन्धित कागजात, विवरण, जानकारी लगायतको प्रमाणहरू पेश गरिएको छ’,उक्त पत्रमा लेखिएको छ ।
महाअभियोग सिफारिस समितिले यही भदौ १५ गते निलम्बित प्रधानन्यायाधीश जबरालाई बयानका बोलाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  १० : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।