१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


फनपार्कले बुझायो १७ लाख ३६ हजार कर



१६ भदौं ०७९, काठमाडौं । महागरपालिकाको २४ घण्टे अल्टिमेटमपछि भृकुटीमण्डपस्थिति काठमाडौं फनपार्कले कर तिरेको छ ।
काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख शिव अधिकारीका अनुसार फनपार्कले महानगरपालिकालाई १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको छ । यो मनोरन्जन करवापतको रकम हो ।
फनपार्कले साउनसम्मको बक्यौता तिरेको उनले जानकारी दिए । उनका अनुसार बहाल कर भने फनपार्कले समाज कल्याण परिषद्लाई तिर्ने गरी सम्झौता गरेको पाइएको छ । सोही अनुसार महानगरपालिकाले परिषद्लाई ताकेता गर्ने समेत उनले जानकारी दिए ।

 

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ७ : ०६ बजे