८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर काँग्रेसको उम्मेदवार सिफारिसमै विवाद,सभापति श्रेष्ठले भने,‘पहिला अनुहार ऐनामा हेर्नुस्’




ललितपुर खबर
१७ भदौं ०७९, ललितपुर । नेपाली काँग्रेस ललितपुरको उम्मेदवारी सिफारिसमा विवाद श्रृजना भएको छ । ललितपुरको क्षेत्र नं. २ र ३ मा जुनियर नेताहरुले समेत सासंद लड्न आफू उम्मेदवार हुनु पर्ने दावी गरेर नाम सिफारिस गरेर पठाएपछि विवाद उत्पन्न भएको हो ।
ललितपुरमा विहीबार आयोजित एक कार्यक्रममा जिल्ला सभापति जितेन्द्र श्रेष्ठले सिफारिस भई आएका नेताहरुका विषयमा असन्तुष्टि व्यक्त गरे । उनले प्रदेश सासंदमा दावी गर्ने आफ्नो हैसियत पुगेको छ कि छैन भनेर एकपल्ट ऐनामा हेर्न आग्रह गरे । उनले भने,‘नेपाली काँग्रेसको क्रियाशिल सदस्यता दिएको २ वर्ष मात्रै भएका कार्यकर्ताको पनि संसदका लागि सिफारिस भएर आएको छ ।’ उनले पदको गरिमालाई बुझ्न आग्रह गर्दै आफैले बुझेर उम्मेदवारी फिर्ता लिएर सझिलोले बनाउन आग्रह गरे ।
उनका अनुसार ललितपुर क्षेत्र नं. १ मा सबैले मानेका नेताले मात्रै उम्मेदवारी दर्ता गरेका छन् । यहाँ उम्मेदवारी सिफरिस गर्दा एक अर्कामा हाद्र्धिकता थियो ।

श्रेष्ठले सबै नेताहरु एउटै मञ्मा उभिएर हामी एक छौं भनेर नभन्ने हो भने निर्वाचन जित्न नसकिने बताए । उनले प्रश्न गरे,‘हामी आफै त मिल्न सक्दैनौं भने गठबन्धनका दलहरुलाई कसरी मिलाएर लैजाने ?’
पछिल्लो समय ललितपुरको क्षेत्र नंं. २ र ३ धेरै नेता कार्यकर्ताहरुले आकाक्षा देखाउदा उम्मेदवार छान्न समस्या छ ।

नेपाली काँग्रेसको केही प्रदेश क्षेत्रले सिफारिसको पत्र बुझाएका छन् । भोलिसम्म सिफारिस दिन जिल्लाले मातहतका समितीहरुलाई आग्रह गरेको थियो ।
अहिले ललितपुरमा उदय शम्सेर गुट र मदन अमात्य गुट कायम छ । जिल्ला अधिवेशनको बेलामा प्रष्ट देखिएको यो गुट स्थानीय निर्वाचनमा झन् प्रखर रुपमा देखिएको थियो । पछिल्लो समय मदन अमात्य जिल्लाका भेला तथा कार्यक्रममा देखिदैनन् ।

यही असोज २३ गते प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदैछ । पछिल्लो समय सबै पार्टीका नेताहरु उम्मेदवारीका सन्दर्भमा छलफलमा छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ९ : ५२ बजे