२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सातामा तोलामै २८ सय रुपैयाँले घट्यो सुनको मूल्य



१७ भदौं ०७९, काठमाडौं ।  सुनको भाउ शुक्रबार पनि घटेको छ । सुन तोलामा १०० रुपैयाँले घटेको हो । शुक्रबार चाँदीको मूल्य भने महंगिएको छ ।
सुनको मूल्य निरन्तर तेश्रो दिन गिरावट भएको हो । यस दिन छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा झरेको छ ।
बिहीबार सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको भाउ भने महंगिएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार १०५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला ३० रुपैयाँले सस्तिएर एक हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।