२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कक्षा १२ को परीक्षाफल प्रकाशित, ४८ प्रतिशत परीक्षार्थी ‘सफल’



१७ भदौं ०७९, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार नतिजा सार्वजनिक गरेको हो।

बोर्डका अनुसार यस वर्ष परीक्षामा ४८ प्रतिशत परीक्षार्थी सफल भएका छन्। ५२ प्रतिशत परीक्षार्थीको नतिजा एनजी ९नन ग्रेडिङ० आएको छ। प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी उल्लेख हुनेछ। बोर्डले यस्तो व्यवस्था पहिलोपटक लागू गरेको हो।

यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन्। एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन्। दुई विषयमा मात्रै एनजी आएमा भने ग्रेडवृद्धि परीक्षा दिन पाइनेछ।
यस वर्षको परीक्षामा जीपीए ४ ल्याउने परीक्षार्थीको संख्या शून्य रहेको छ।

परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए। देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो।

१ लाख ८८ हजार ४ सय १० जनाले ल्न् ल्याए । तीमध्ये १ लाख ३० हजार ७ सय ७८ ले Grade Promotion Exam  दिन पाउँछन् । बाँकी ५७ हजार ६ सय ३२ जनाले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्छ । Exam असोज ३० र ३१ गते हुनेछ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ६ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।