३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


काठमाडौंका सहकारीमा समस्या, एकैपल्ट संस्था नौ गाभिदै




१७ भदांंै ०७९, काठमाडौं । पछिल्लो समय तरलताको अभावका कारण बचतकर्ताको पैसा फिर्ता गर्नै नसक्ने अवस्था श्रृजना भइरहेको अवस्थामा राजधानीका नौ वटा सहकारी गाभिने भएका छन् ।
शुक्रबार राजधानीमा सर्वोच्च सम्वृद्धि, हाम्रो सेवा, शुभलाभ, जीवनदीप, शुभरत्न, एभरट्रष्ट, अष्ट, गंगाजल र सदस्य सेवा बचत तथा ऋण सहकारी एक आपसमा गाभिने सम्झौंता गरेका हुन् ।
केही दिनअघि राजधानीका पाँचवटा सहकारी पनि गाभिने निर्णय गरेका थिए । एक अर्कामा गाभिने सहकारीहरुमा आइडल यमुना, नेशनल नमोबुद्ध, नागरिक कल्याण, सत्कार र घेदुङ बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।
संस्था गाभिएपछि शेयर पुँजी २७ करोड २९ लाख ६४ हजार रुपैयाँ, निक्षेप ४ अर्ब ८९ करोड ६४ लाख ६९ हजार रुपैयाँ, कर्जा लगानी ५ अर्ब ३० करोड २७ लाख ७२ हजार रुपैयाँ र कूल कारोबार ६ अर्ब ४९ करोड ३९ लाख ६१ हजार रुपैयाँ हुनेछ ।
६१ हजार ७ सय ४९ जना शेयर सदस्य आवद्ध हुने नयाँ संस्थाको कर्जा जोखिम कोषमा ११ करोड ९१ लाख ९९ हजार रुपैयाँ, जगेडा कोषमा ९ करोड ८४ लाख ६० हजार रुपैयाँ हुनेछ ।

सहकारी भागिएपछि काठमाडौंको न्यूरोडमा रहेको शुभ सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नामबाट कारोबार गर्ने प्रस्ताव गरिएको छ ।
संस्था भागिएपछि सहकारीको अध्यक्षमा शुभलाभका हाल रहेका अध्यक्ष याम्बर बहादुर कार्की र उपाध्यक्षमा जीवनदीपका अध्यक्ष छत्र बस्नेत रहने छन् ।संचालक समितिको सचिवमा एभरट्रष्ट साकोसका अध्यक्ष दीपक थापा मगर र कोषाध्यक्ष शुभरत्न साकोसका अध्यक्ष भवानी पोखरेल रहने छन् ।
समितिको सदस्यमा गंगाजल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नीर बहादुर श्रेष्ठ, हाम्रो सेवा साकोसका अध्यक्ष सुरेश शर्मा र अष्ट साकोसका अध्यक्ष अनिल खड्का रहने छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ११ : ०६ बजे