२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


बालिका बलात्कार प्रकरणमा आठ वर्ष कैद सुनुवाईएका भक्तपुरका तुल्सीब्याखोल पक्राउ



१८ भदौं ०७९, भक्तपुर । ६ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा आठ वर्ष कैद सजायँं सुनुवाईपछि फरार एकजना बलात्कारीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । भक्तपुर जिल्ला साविक भक्तपुर नगरपालिका वडा नं. ११ (हाल वडा नं ५) क्वाछे बस्ने बर्ष ४० को दिपक तुल्सीब्याखोलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सर्वोच्च अदालतको २०६३ माघ ८ गतेको फैसलाले ८ बर्ष कैद र निजको आधा भाग अंश सर्वस्व गरी पीडित बालिकालाई भराई दिने फैसलापछि फरार उनलाई पोखराबाट पक्राउ गरेको परिसरले जनाएको छ ।

निज प्रतिबादी हालसम्म फरार रही कास्की पोखरामा बसोबास एंव ब्यवसाय गर्दै आइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीकोसमेत सहयोगमा निजलाई पोखराबाट नियन्त्रणमा लिएको परिसकार सूचना अधिकृत राजु पाण्डेले जनाए । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएको जनाइएको छ ।

 

 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ९ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।