१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर काँग्रेसद्वारा सासंद लड्ने १ सय ३१ जनाको नाम सिफारिस (सूचिसहित)




ललितपुर खबर
१९ भदौं ०७९, ललितपुर

नेपाली काँग्रेस ललितपुरले प्रदेश सभा र प्रतिनिधि सभाको सासंदमा निर्वाचन लड्न चाहनेहरुको १ सय ३१ जनाको सूचि पार्टीको प्रदेशलाई सिफारिस गरेर पठाएको छ ।
जिल्ला सभापति जितेन्द्र श्रेष्ठले तलबाट आएको सबैको नाम माथि पठाएको ललितपुर खबरलाई जानकारी दिए । उनले भने, ‘१ सय ३१ ज्नाले सासंद लड्ने रहर गर्नु भयो । आएको जति सबै पठायौं ।’
सभापति श्रेष्ठका अनुसार जिल्लाको ३ वटा क्षेत्र र ९ वटा प्रदेश क्षेत्रमा निर्वाचन लड्न चाहनेहरुको संख्या १ सय ३१ जनाको रहेको जानकारी दिए ।
नेपाली काँग्रेस जिल्ला सचिव वशिष्ठ अधिकारीका अनुसार संघीय संसदको ललितपुर १ बाट ३ जनाले उम्मेदवारी दावी गर्ने जना छन् । २ बाट २ जना र ३ बाट ४ जनाले आफूले सासंदको टिकट पाउनु पर्ने दावी प्रस्तुत गरेका छन् । जिल्ला कार्यसमितीले ती सबै नाम शनिबाँर साँझ प्रदेशलाई पठाएको छ ।
जिल्ला सचिव अधिकारीका अनुसार ललितपुर १ बाट उदयशम्सेर राणा,कपिलबहादुर लामा र मथुरा घिमिरे प्रतिनिधि सभाको सासंद लड्ने चाहना गरेका छन् । क्षेत्र नं. २ बाट रामकृष्ण चित्रकार र चन्द्र महर्जनले इच्छा व्यक्त गरेका छन् ।
क्षेत्र नं. ३ बाट जीतजंग बस्नेत, मदन बहादुर अमात्य,धना खतिवडा र विजया केसी श्रेष्ठले उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन् ।

श्रेष्ठले एक कार्यक्रममा केही दिनअघि क्रियाशिल सदस्यता लिएको २ बर्ष भएका जुनियरहरुले समेत निर्वाचन लड्ने इच्छा व्यक्त गरेको बताएका थिए । श्रेष्ठले नेताहरुमा बेमेल रहेको संकेत गर्दै सबै एकै ठाँउमा उभिएर हामी एक छौं नभने निर्वाचन जित्न कठीन हुने चेतावनी समेत दिएका थिए ।
समानुपालिक तर्फ संघमा ओमकारप्रसाद श्रेष्ठ,प्रदेशमा जितेन्द्रकुमार श्रेष्ठ र उर्मिला केसी श्रेष्ठ र गिता सत्याललगायतको नाम सिफरिस भएको छ ।
ललितपुर क्षेत्र नं. १ क प्रदेश सभा सदस्यमा ऋषिराम घिमिरे,वशिष्ठ अधिकारी र सानुकान्छा मोक्तान रहेका छन् । प्रदेश खतर्फ मिनकृष्ण महर्जन,विमल विष्ट,रविन्स शर्मा,विमल थापा र रामकृष्ण लामा रहेका छन् ।
ललितपुर क्षेत्र नं. २ क मादिवाकर नेपाल,रिसा श्रेष्ठ,दिवाकर सिलवाल,पवनविक्रम थापा,बासुदेव महर्जन रहेका छन् । खतर्फ प्रमकृष्ण महर्जन,राजेश महर्जन,कर्म व्यञ्जनकार,सुवानन धाख्वा,अन्नतप्रकाश श्रेष्ठ, हेम महर्जन रहेका छन् ।
क्षेत्र नं. ३ कमा सुर्दशन घिमिरे महेश्वर थापा,चक्र महर्जन,जितेन्द्र महर्जन,शशीकुमार थापा,बेली डंगोल,नारायणदेव राणा र गोकुल खड्का रहेका छन् ।
प्रदेश ३ खतर्फ निरु खड्का,प्रमोद शर्मा,महान अर्याल,रमेश रिसाल,राजीव पौडेल,शिवराम बानिया,सानुबाबु महर्जन र सुरेन्द्र डंगोल रहेका छन् ।
समानुपातिकमा अरु धेरै नाम पनि आएको सचिव अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ८ : २६ बजे