१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर १ मा नवराज सिलवाल ,प्रदेशतर्फ पनि नामहरु सिफारिस( सूचिसहित)



१९ भदौं ०७९, ललितपुर । ललितपुर क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सासंद पदको लागि सासंद नवराज सिलवाल सर्वसम्मत सिफारिस भएका छन् ।
आइतबार ललितपुरमा बसेको प्रदेश कमिटीको बैठकले उनलाई सर्वसम्मत सिफारिस गरेको हो ।

प्रदेश कतर्फ ९ ख तर्फ ६ जना सिफारिस
प्रदेशसभा सासंद निर्वाचनका लागि ललितपुरका प्रदेश कमिटीहरुले सिफारिस गरेका छन् । ललितपुर १ कबाट कमिटीले ९ जनाको नाम जिल्लामा पठाउने भएको छ । सिफारिस हुनेमा मधुसुधन पौडेल, कृष्णप्रसाद सापकोटा,रामचन्द्र दाहाल, रामकृष्ण हुमागाई,रमेशचन्द्र घिमिरे,प्रभाकर थापा,गौरी केसी,गणेश आचार्य र रामशरण घिमिरे छन् ।

प्रदेश १ खतर्फ ६ जनाको नाम सिफारिस गरिएको छ ।
सिफारिस हनेमा चेतनाथ सञ्जेल, नवराज तिमल्सिना,मिठाराम केसी,राजेन्द्र न्यापाने, भवानी बजगाई र तिलक बोम्जन रहेका छन् ।

भोलि सोमबार जिल्ला कमिटीले यिनै नामहरु छलफलपछि प्रदेश सासंदको नाम सिफारिस गर्ने भएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ४ : ५६ बजे