८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर एमालेद्वारा मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस (सूचि सहित)




२१ भदौं ०७९, ललितपुर । ललितपुर जिल्ला कमिटीले जिल्लाका तीनै क्षेत्र र प्रदेशका लागि सासंदहरुको उम्मेदवारहरुको नाम सिफारिस गरेर प्रदेश कमिटीमा पठाएको छ ।
नेकपा एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले तल्ला कमिटीबाट आएका सबै नाम प्रदेशमा पठाउने निर्णय गरेको बताएका छन् ।
उनका अनुसार ललितपुर क्षेत्र नं. १ बाट नवराज सिलवाल र २ बाट प्रेम महर्जनलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय गरिएको छ । तर क्षेत्र नं. ३ बाट भने ३ जना प्रत्यासीको नाम सिफारिस गरिएको छ ।
ललितपुरको क्षेत्र नं. ३ बाट नाम सिफारिस हुने नेताहरुमा वावुराम थापा, अमृत खड्का, केशव आचार्य र रेनुका बजगाई समेत रहेकी छिन् ।
। ललितपुर १ ‘क’बाट कमिटीले ९ जनाको नाम प्रदेशमा पठाएको छ । सिफारिस हुने नेताहरुमा मधुसुधन पौडेल, कृष्णप्रसाद सापकोटा,रामचन्द्र दाहाल, रामकृष्ण हुमागाई,रमेशचन्द्र घिमिरे,प्रभाकर थापा,गौरी केसी,गणेश आचार्य र रामशरण घिमिरे छन् ।
प्रदेश १ ‘ख’तर्फ ६ जनाको नाम सिफारिस गरिएको छ ।
सिफारिस हनेमा चेतनाथ सञ्जेल, नवराज तिमल्सिना,मिठाराम केसी,राजेन्द्र न्यापाने, भवानी बजगाई र तिलक बोम्जन रहेका छन् ।
ललितपुर क्षेत्र नम्बर २ को प्रदेश ‘क’तर्फ १० जना र ‘ख’तर्फ भने ३ जनाको उम्मेदवारीका लागि नाम सिफारिस गरिएको छ ।
प्रदेस ‘क’बाट सासंद उम्मेदवारीको लागि सिफारिस हुनेहरुमा रामेश्वर श्रेष्ठ केन्द्रिय लेखा आयोग सदस्य, आशा राई जिल्ला कमिटी सदस्य,सिताराम दाहाल लेखापढी महासंघका केन्द्रिय अध्यक्ष,मेघराज पौडेल खेलकुद महासंघ सचिव,सहकुल खत्री जिल्ला कमिटी सदस्य,मोहन तण्डुकार जिल्ला कमिटी सदस्य रहेका छन् । सिफारिस हुने अन्य नेताहरुमा विपिन कार्की नगर सचिव, राम राउत जिल्ला कमिटी सचिव, रामशरण घिमिरे र दिपक केसीसमेत रहेका छन् ।
प्रदेश ‘ख’ तर्फ ३ जनाको उम्मेदवारीका लागि नाम सिफारिस भएको छ । सिफारिस हुनेहरुमा ज्ञानेन्द्र शाक्य महानगर कमिटीका सचिव, श्यामगोपाल महर्जन १२ नम्बर वडा कमिटी अध्यक्ष र सरिता अवाले १२ नम्बर वडा कमिटी सचिव सिफारिस भएकी छिन् ।
प्रदेशतर्फ क्षेत्र नम्बर ३ ‘क’बाट रघुनाथ महर्जन, दिनेश कार्की, राजेन्द्र श्रेष्ठ, बाबुकाजी प्रधान, सुमित्रा खड्का,रामशरण दहाल,देवकी श्रेष्ठ रहेकी छिन् ।
प्रदेशतर्फ क्षेत्र नम्बर ३ ‘ख’बाट जीवन खड्का, प्रेमभक्त महर्जन, चन्दन थापा र रेश्मा थापाको नाम सिफारिस भएको छ ।
प्रदेशमा पुगेको यी नामहरुलाई प्रदेश कमिटीले छलफल गरेर केन्द्रमा पठाउने छ । आजै ३ बजे प्रदेशमा छलफलका ला िबैठक डाकिएको छ ।
पछिल्लो समय धेरै आकाक्षी देखिएपछि सिफारिस भइ गएका नामहरुको टुंगो केन्द्रले नै गर्नसक्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ८ : ५७ बजे