१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा प्रेम सुवाललाई डा.राजेन्द्र कोजूको टक्कर



काठमाडौं, भदौ २२ गते । मौजुदा संघीय संसदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट एकैजना मात्र प्रतिनिधिसभा सदस्य छन्, प्रेम सुवाल । भक्तपुर–१ बाट निर्वाचित भएका उनी यसपटक पनि सोही निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रिँदै छन् ।

नारायणमान विजुक्छें रोहितले पुस्ता हस्तान्तरण भन्दै आफ्नो क्षेत्रबाट पहिलोपटक आफ्नो क्षेत्रमा सुवाललाई २०७० मा उम्मेदबारी बनाएका थिए । सुवालले विजयी पनि भए ।त्यसपछि दोश्रो पटक २०७४ सालमा पनि सुवाललाई नै उम्मेदबारी बनाइयो, फेरि पनि उनी फराकिलो मतान्तरले विजयी भए ।

यस वर्ष ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि सुवाल नै एक्लो दावेदार हुन् । पार्टीका अर्का सशक्त दावेदार सुनिल प्रजापति भक्तपुर नगरपालिकाको प्रमुखमा रहे पछि सुवाल मात्रै एक्लो दावेदारका रुपमा छन् यस क्षेत्रमा नेककिपाबाट । सुवाल पार्टीका केन्द्रिय सचिव पनि हुन् ।

नेमकिपाको पकड क्षेत्र भए पनि यो क्षेत्रमा अन्य पार्टीहरुको पनि उम्मेदबारी नपर्ने भने होइन । अहिले गठबन्धनबाट सशक्त दावेदारका रुपमा आएका छन्, डा राजेन्द्र कोजू । भक्तपुर–९ तौलाछेंका डा कोजू नेकपा एकीकृत समाजवादीबाट क्षेत्र नं १ मा सिफारिस भएका छन् । उनी पाँंचदलीय गठबन्धनबाट पनि सिफारिस हुने सम्भावना रहेको स्थानीय नेताहरु बताउँछन् ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ४ : १५ बजे