१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा दुई हजार ४७९ जना डेंगु संक्रमित



२२ भदौं ०७९, काठमाडौं ।  डेंगु संक्रमण ७५ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबारसम्म छ हजार सातसय ७ जनामा संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा बढी ललितपुरमा दुई हजार ४७९ जना संक्रमित देखिएका छन् । यो वर्ष कैलाली र ललितपुरमा गरी दुईजनाको डेंगुबाट मृत्यु भएको महाशाखाको तथ्यांक छ ।
डेंगुबाट बढी प्रभावित हुनेमा काठमाडौं उपत्यकाका तीनसहित धादिङ, मकवानपुर, रूपन्देही, तेह्रथुम, सिन्धुली, काभ्रे र गुल्मी छन् । गत वर्षको आँकडाअनुसार डेंगु असोज अन्तिमसम्मै फैलिने महाशाखाको अनुमान छ ।

सन् २०१९ पछि यो वर्ष डेंगु फेरि प्रकोपकै रूपमा फैलिरहेकाले लामखुट्टेको टोकाइबाट बच्न र सरसफाइमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् ।

यसअघि सन् २०१९ मा १७ हजार ९९२ जनामा डेंगु पुष्टि भएको थियो भने छ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ५ : २९ बजे