९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


कप्तान सन्दीप निलम्बित



२३ भदौं ०७९, काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बित गरेको छ । नाबालिगमाथि बलात्कार गरेको आरोपमा उजुरी परेपछि उनलाई निलम्बन गरेको क्यानले जनाएको छ ।
प्रहरीले काठमाडौं जिल्ला अदालतबाट उनलाई पक्राउ गर्न अनुमतिसमेत लिएपछि क्यानले निलम्बन गरेको हो । क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ८ : ०५ बजे