ललितपुर खबर
२४ भदौं ०७९, प्याङगाँउ । इन्द्रजात्राको पुर्वसन्ध्यामा मध्यललितपुरको एतिहासिक गाँउ प्याङगाँउ विविध सास्कृतिक तथा मनोरञ्जनात्मक संगीत तथा नृत्यमा झुम्यो । विहीबार प्याङगाँउ डवलीमा राष्ट्रिय तथा स्थानीय कलाकारले आफ्नो कला प्रर्दशन गरे भने स्थानीयहरु मध्यरातसम्म रमेका छन् ।
प्याङगाउ संस्कृति संरक्षण समाजद्वारा आयोजित कार्यक्रममा चर्चित गायक प्रमोद खरेल, निशा देसार, शृजना खत्री , र्यापर डिएनएस लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुति दिएका थिए ।
यहाँ स्थानीय ऐतिहासिक कुमारी नाच , राजारानी नाच, लाखे नाच देखाइएको थियो ।
गायिका शृजना खत्रीले म त डबल माया लाउन साह्रै सिपालु, यस्तो हुन्छ माया , नौटङकि माया लगाएतका गीत गाइन । यसैगरी गायिका निशा देसारले पाउ हजुरको, भन्न त भन्दछन सब लगायतका गीत गायकी थिइन । चर्चित गायक प्रमोद खरेलले चाहिदैन तिमी विनाको सुनैको दरबार , रातो टीका निधारमा , झुमा झुम्का वाली लगाएतका गीत गाएर दर्शकलाइ भरपुर मनोरञ्जन दिए । गाएक खरेलले दर्शकसंगै गीत गाउदै नाचे ।
यसैगरी र्यापर म्ल्ह् ले आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा प्याङ्गाँउको ऐतिहासिक राजा रानीको नाच, लाखे नाचलगायत विभिन्न सास्कृतिक तथा ऐतिहासिक अमूर्त कला प्रर्दशन गरिएको थियो ।
प्रतिक्रिया