२५ भदौ ०७९, काठमाडौं । काठमाडौंमा टहलिनको लागि खुला ठाउँको अभाव छ । उपत्यकाभित्र यस्ता सायदै ठाउँ होलान् जहाँ केही समयका लागि टहलिन मिल्ने ठाउँ छन् । काठमाडौं बस्तीहरुले भरिएको शहर हो । मानिसको भीड र अव्यवस्थित बसोवास । जसका कारण खालि ठाउँ प्रायः शुन्य छ । खुला ठाउँको अभाव काठमाडौं उपत्यकाभर नै छ । यसको मुघा बेलाबेलामा नउठेको पनि होइन ।
तर समस्या पनि ज्यूँ का त्यूँ छ । समस्या समाधानको बुटी फेला पर्न सकेको । खालि ठाउँ हुनुपर्छ भन्ने पाठ त हामीलाई वि.सं. २०७२ सालको भूकम्पले पनि सिकाएर गएको छ । तर गएको कुराको वास्ता गरेको सम्बन्धित पक्षबाट पाइँदैछ । काठमाडौं उपत्यकामा खुला ठाउँ नभएका होइनन् तर बिस्तारै हराउँदै र मेटिँदै गएका छन् ।
खुला ठाउँ कसले गायब बनायो यो सोधको विषय बन्नसक्छ । टुँडिखेल, रत्नपार्क, तीनकुनेको घाँसे मैदान, सिफल चौर, पुल्चोकको मदन स्मारक, पशुपति मन्दिर परिसर, लगनखेलको सप्तपाल पोखरी, गोदावरीस्थित बोटानिकल गार्डेन, भृकुटीमण्डपस्थित टहरा, चापागाँउको बज्रवाराही क्षेत्र खुला ठाउँ थिए कुनै बेलामा । तर आज यी कुनैपनि ठाउँ खुला छैनन् ।
अतिक्रमण, व्यवसायिक प्रयोजकनले सबै खुला ठाउँ मासिएका छन् । बालबालिकालाई रमाउन, वृद्धवृद्धाका लागि टहलिन र युवापिढीका लागि थकान मेटाउने यस्ता ठाउँको अभाव दिनप्रतिदिन मेटिँदै छ । खालि भएका स्थानको पनि पुनःनिर्माण हुन नसक्दा अस्तव्यस्त बनेका छन् । न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका यिनै दृश्यहरु आजको फोटो फिचरमा ।
प्रतिक्रिया