२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


लगनखेलको मञ्जुश्री पेट्रोल पम्पमा महानगरको सिल(तस्बिरहरु)



ललितपुर खबर
२६ भदौं ०७९, लगनखेल ।  ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल पम्पमा सिल गरेको छ । महानगरकै जग्गामा रहेको पेट्रोल पम्प लामो समयदेखि सञ्चालनमा रहेको थियो । तर एक वर्षदेखि सम्झौताको म्याद सकिएको महानगरले जनाएको छ ।

सो क्रममा महानगरका मेयर चिरिबाबु महर्जनसहितको टोली उपस्थित रहेको थियो । ललितपुरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले उक्त ठाउँमा पेट्रोलपम्प हुँदा सवारी साधनलाई समेत समस्या भएको गुनासो आएको बताए । पेट्रोल पम्प अति संवेदनशील भएकाले महानगरले सबै तयारी पुरा गरेर हटाएको उनले बताए। हाल तारजाली गरेर लाहा छाप लगाएर छोडेको छ।  सो क्रममा पाँच जनाको हस्ताक्षरसहित सर्जिमन गरिएको थियो । पेट्रोलपम्पको चारैतिर तारबार लगाएर बन्द गरिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ३ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।