२६ भदौं ०७९, काठमाडौं । काठमाडौं छिर्ने मुख्य नाका नयाँ बसपार्कमा चाडवाडको रौनक बढेको छ। ग्राहकलाई आकर्षित गर्न बसपार्क क्षेत्रका मलहरुले विभिन्न योजनाहरु ल्याएका छ्न् ।
यस क्षेत्रका बिजि मल, बुद्ध मल र लोट्से मलले विशेष छुट दिने योजना ल्याएका छन् । विगत १६ वर्षदेखि निरन्तर रुपमा उपहार कार्यक्रम आयोजना गर्दै आएको नयाँ बसपार्क,गोङ्गबु काठमाडौंस्थित कान्तिपुर मलले यस वर्ष पनि दसैं, तिहार र छ्ठ पर्वलाई लक्षित गरी उपहार प्याकेज ल्याएको छ । मलका चारै कुना सजाइएको छ। आफ्ना ग्राहकलाई आकर्षित गर्न मलले चाडपर्वको अवसरमा सामान खरिदमा छुटदेखि उपहार योजना पनि ल्याएको छ।
मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले एक हजार रुपैयाँभन्दा माथिको सामान खरिदमा एक वटा उपहार कुपन प्राप्त गर्नेछन् । उपहार योजनाअन्तर्गत मङ्सिर १ गते ग्राहकको उपस्थितिमा पुरस्कार घोषणा हुने मलका महाप्रबन्धक अमर निरौलाले जानकारी दिए । कान्तिपुर मलको उपहार योजनामा मोटरसाइकल,बाईक, टिभी, फ्रीज लगायतका उपहार सामाग्री राखिएका छन् । बसपार्कका मलमा मध्यम मुल्यका सामान खरिद गर्न सहज र सुबिधायुक्त हुने व्यापारीहरु बताउँछन् ।
प्रतिक्रिया