३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ललितपुर सहकारी संघको निर्वाचन विद्युतीय मेसिनबाट




ललितपुर खबर
२७ भदौं ०७९, ललितपुर । ललितपुर बचत तथा ऋण सहकारी संघको निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग हुने भएको छ ।
जिल्लाको २८ औं साधारण सभाको नेतृत्व चयनका लागि आज १२ बजेबाट मतदान सुरु हुने निर्वाचन समितीका सदस्य तेजप्रसाद बजगाईले ललितपुर खबरलाई बताए । उनले भने, ‘हामीले अघिल्लो निर्वाचनमा पनि यही मेसिन प्रयोग गरेका थियो । यो पल्ट पनि राम लक्षमणले निर्माण गरेको मतदान मेसिन प्रयोग गर्दैछौं ।’ उनका अनुसार मतदान टुंगिएको १ घण्टाको सेरोफेरोमा मत परिणाम सार्वजनिक हुनेछ ।
संघको नयाँ नेतृत्वका लागि रामहरि बजगाई र नरेन्द्र महर्जनबीच प्रतिश्पर्धा हुने टुंगो लागेको छ ।
शनिबार चुनावी प्रक्रियाका लागि भएका उम्मेदवारी दर्तामा हेल्लो सहकारीका बजगाई र पानोरमा सहकारीका महर्जनले उम्मेदवारी दर्ता गराएसँगै प्रतिपर्धा टुंगो लागेको थियो ।
उम्मेदवारी दर्ता गरोउनेहरुमा उपाध्यक्षतर्फ रत्नाकर सहकारीका करुणारत्न बज्राचार्य, न्हाँकद सहकारीका कर्ण देशार रहेका छन् । पद्मावती सहकारीकी लक्ष्मी शाक्य र थ्याका सहकारीकी उज्ज्वला बज्राचार्य शाक्य छन् ।
सचिवमा लेखापढी सहकारीका श्यामकृष्ण महर्जन,करुणामय सहकारीका राजु ताम्राकार र दर्पण सहकारीका दीपक घिमिरे छन् । कोषाध्यक्षमा नवदुर्गा सहकारीका वसन्त माली र वसुवर्ण सहकारीका विभुशोन शाक्यको उम्मेदवारी परेको छ ।
यद्यपी आज आइतबार दिउँसोसम्म उम्मेदवारी फिर्ता लिने समय दिएकोले सर्वसम्मत नेतृत्व टुंगो लाग्न सक्ने सम्भावना भने अझैं टरेको छैन । पछिल्लो समय सहकारीमा तरलता समस्यका कारण निक्षेकर्ताको बचत फिर्ता नगर्दा समस्या श्रृजना भइरहेको सन्दर्भमा मिलेर नेतृत्व टुंगो लगाउदै समस्यासँग लड्नु पर्ने आवाज सहकारी बृत्तमा उठेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ८ : १९ बजे