२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


राजस्व कार्यालय महाराजगञ्जका कर्मचारी श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा



२७ भदौं ०७९, काठमाडौं । आन्तरिक राजस्व कार्यालय, महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको छ।
श्रेष्ठले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुसररिसवत माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

विशेष सूचनाका आधारमा आयोगको टंगाल कार्यालयबाट खटिई गएको टोलीले प्रधानलाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा गत साउन १८ गते नियन्त्रणमा लिएको थियो।

उनीविरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ५ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।