२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भैंसेपाटीमा सीजी हिल्सले ५२ वटा युनिटको हाउजिङ बनाउँदै



२८ भदौ ०७९, काठमाडौं ।  सीजी हिल्स प्रा.लिले भैंसेपाटीमा ५२ वटा युनिटको हाउजिङ निर्माण गरेको छ । सीजी ग्रुपअन्तर्गतको सीजी हिल्सले ‘सीजी प्रिमियम हिल्स’ नाममा भैंसेपाटीमा हाउजिङ निर्माण गरिरहेको हो ।

कम्पनीले सन् २०१८ देखि आयोजना शुरु गरेको थियो । कम्पनीले सन् २०२२ सम्ममा ४३ प्रतिशत भौतिक प्रगति गरिसकेको छ । अहिले १४, १५ युनिट हाउजिङको सब(सर्फेसडको कार्य अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीले ग्राहकले गरेको बुकिङ र भुक्तानीको आधारमा निर्माण कार्य अगाडि बढाउने गर्छ । त्यसैले, करिब ५० प्रतिशत काम ग्राहकले गरेको भुक्तानीबाट हुने भएकाले सोहीअनुसार निर्माण कार्य हुने गरेको कम्पनीको भनाइ छ ।

 

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।