१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


कानुनविपरीत इन्धनको आपूर्तिमा अवरोध, आन्तरिक ढुवानी रोक्ने चेतावनी



२९ भदौं ०६९, काठमाडौं ।  पेट्रोलियम ढुवानी व्यवसायीले कानुनविपरीत इन्धनको आपूर्तिमा अवरोध गरेका छन् । आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायी महासंघले बिहीबारदेखि आन्तरिक ढुवानी पनि रोक्ने भएका छन् । सरकारसँग भएको सहमतिअनुसार वैज्ञानिक भाडादर कार्यान्वयनमा नल्याएको भन्दै पेट्रोलियम ढुवानी व्यावसायीहरुले भदौ २४ गतेदेखि आन्दोलन जारी राखेका छन् ।

भदौ २२ गते बसेको महासंघको बैठकले भदौ २४ गतेदेखि भारतबाट पेट्रोलियम पदार्थको ढुवानी गर्ने पेट्रोलियम डेलिभरी अर्डर (पीडीओ) नलिने निर्णय गर्दै आन्दोलन सुरु गरेका थिए । आफूहरुले राखेको माग सम्बोधन नगरिएको भन्दै उनीहरुले आन्दोलनका कार्यक्रमहरु थप गरेका छन् ।

पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले ढुवानी भाडा प्रतिवेदन कार्यान्वयन गर्ने माग राखी गत शुुक्रबारदेखि इन्धनको पीडीओ उठाएका छैनन् । अत्यावश्यक सेवा ऐनमा अत्यावश्यक वस्तुको रूपमा रहेको पेट्रोलियम पदार्थको खरिद, ढुवानी, बिक्री वितरण रोक लगाई बन्द हड्ताल गर्न नपाइने व्यवस्था छ । तर व्यवसायीले नियमन उलङ्घन गरेर इन्धन आपूर्तिमा अवरोध गरेका हुन् ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १० : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।