१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सर्वसाधारणका लागि नयाँ नोट साट्न शुरु



नयाँ नोट ।

२९ भदौ ०७९, काठमाडौं । दशैंतिहार तथा छठ विशेष बुधबारदेखि सर्वसाधारणका लागि नयाँ नोट साट्ने सुविधा खुल्ला गरिएको छ । नेपाल राष्ट्र बैंकले भदौ २३ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएपनि सर्वसाधारणका लागि भने आजदेखि सटही सुविधा खुला गरिएको हो ।
आफूलाई पायक पर्ने र सहज हुने बैंक तथा वित्तीय संस्था, सहकारी र नेपाल राष्ट्र बैंकको सबै काउन्टरहरुबाट समेत नयाँ नोट साट्न पाइने बैंकले जनाएको छ । प्रतिव्यक्ति एकपटकमा १८ हजार ५०० रुपैयाँसम्म साट्न पाउने सुविधा प्रदान गरिएपनि यस वर्ष एकै व्यक्तिले दोहोर्‍याएर साट्न आएपनि कुनै बन्देज नगरिने राष्ट्र बैंकका मुद्रा व्यवस्था विभागका प्रमुख रेवतीप्रसाद पौडेलले जानकारी दिए ।
यस वर्ष राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको सुकिला नोटको व्यवस्था गरेको छ । यतिले नपुगेको थप रकमको व्यवस्थापन समेत गरिने नेपालले बताए । गत वर्ष बैंकले ८ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको थियो । गत वर्षहरुमा जस्तै यस वर्षपनि बैंकले रु ५, १०, २०, ५० र १०० रुपैयाँका खुद्रा सुकिला नोट उपलब्ध गराएको छ ।

 

 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १२ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।