३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


१ महिनादेखि बन्द तातोपानी र रसुवा नाका खुल्यो



३० भदौं ०७९,काठमाडौं ।  झण्डै एक महिनादेखि कोभिड–१९को सङ्क्रमण बढेको भन्दै बन्द भएका तातोपानी र रसुवातर्फका नाका आजदेखि खुलेका छन् । नेपालको चार दिने औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति पश्चात नाका खुलेको बताइएको छ । साथै कोभिड–१९को सङ्क्रमण घटेकाले पनि दुवै नाका आजदेखि सञ्चालन गरिएको समेत जनाइएको छ ।

नाका खुलेसँगै रसुवाबाट बिहान सात ठुला कन्टेनर सामान नेपाल भित्रिसकेको र बाँकी सात कन्टेनर साँझसम्म आइपुग्ने भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले राससलाई जानकारी दिए । रसुवा नाकाबाट यसअघि दैनिक ठूला १४ कन्टेनर समान आउने गरेका थिए । तातोपानी नाकाबाट रसुवा नाकाको तुलनामा केही कम सामान आउने गरेको र बढी फलफूल आउने गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ४ : ३२ बजे