५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गायक मुरलीधर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश




३ असोज ०७९, काठमाडौं । गायक मुरलीधर राप्रपामा प्रवेश गरेका छन् । राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई पार्टीमा स्वागत गरेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
मुरलीधर सिरहाको क्षेत्र नं २ वा क्षेत्र नं ४ मा राप्रपाबाट प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनको उमेदवार बन्ने भएका छन् ।
अध्यक्ष लिङ्देनले मुरलीधरजस्तो लोकप्रिय गायकलाई राप्रपामा स्वागत गर्दा आफू उत्साहित भएको र प्रत्यक्ष निर्वाचनको उमेदवार बन्ने चाहनाको सम्मानका लागि पार्टीले अवसर दिने बताए ।
उडायो सपना सबै हुरीले, निष्ठुरीले माया गरी आफैंलाई रोगी बनायो, पहाडको पल्लो डाडामा छ सानो गाउँ जस्ता दर्जनौं चर्चित गीतमा स्वर भरेका मुरलीधर राप्रपामा प्रवेश गरेका हुन् । उदितनारायण झासँग संयुक्त आवाजमा मुरलीधरले आमैले भन्थे धाराको पानीजस्ता लोकलयमा आधारित गीत गाएका छन् ।

 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।