५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरि राख्दै अघि बढ्नुपर्छ –सुनिता डंगोल



३ असोज ०७९, काठमाडौं । आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ को अबसरमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले शुभकामना ब्यक्त गरेकी छन् ।उपमेयर डंगोलले विकास र समृद्धिका सपनाले सार्थकता प्राप्त गर्न सकोस् भन्दै काठमाडौँ महानगरवासीमा संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको कार्यान्वयनका लागि आग्रह गरेकी छन् ।

आज एक जारी प्रेस विज्ञप्ति जारी गर्दै उनले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विभिन्न आन्दोलनका क्रममा जीवनको आहुति दिनुहुने ज्ञात–अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेकी छन् । उपमेयर डंगोलले आम महानगरवासीलाई लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि अपिल गरेकी छन् । मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरि राख्दै अघि बढ्न पनि सबैलाई आग्रह समेत गरेकी छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  १ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।