९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


महिला साफमा इतिहास रच्नबाट चुक्यो नेपाल, बंगलादेशलाई उपाधि



ललितपुर खबर ३ चैत्र ०७९, काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । दशरथ रंगशालामा सोमबार भएको फाइनल खेलमा बंगलादेश नेपाललाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । यस हारसँगै नेपाल इतिहास रच्ने मौकाबाट चुकेको छ ।

बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् । शामसुनाहरले एक गोल थपिन । नेपालकी अनिता बस्नेतले एक गोल फर्काइन् । खेलको १४ औं मिनेटमा शामसुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । मोनिका चक्माको पासमा शामसुनाहरले उत्कृष्ट गोल गरिन् ।

खेलको ४२ औं मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई २-० को अग्रता दिलाइन् । कप्तान सबिना खातुनको चलाखीपूर्ण पासमा अनमार्क रहेकी सरकारले उत्कृष्ट गोल गरिन् ।
७० औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई २१ को स्थितिमा ल्याइन । अमिषा कार्कीको पासमा अनिताले उत्कृष्ट गोल गरिन् । तर खेलको ७७ औं मिनेटमा श्रीमोती सरकारले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३–१ को जित दिलाइन् । यससँगै बंगलादेश महिला साफको नयाँ च्याम्पियन बनेको छ । बंगलादेशले पहिलो पटक नेपाललाई हराएको हो ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : ४९ बजे