२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


डेंगीबाट २१ जनाको मृत्यु, ललितपुरमा संक्रमितको संख्या चार हजार ८७८ पुग्यो



४ असोज ०७९, ललितपुर ।  नेपालमा डेंगी संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ३ गतेसम्म संक्रमितको संख्या १७ हजार ४९४ पुगेको छ ।

हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै ललितपुरमा चार हजार ८७८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, काठमाडौंमा चार हजार ६७४, भक्तपुरमा ७१३ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १० हजार २६५ पुगेको छ ।
उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ६१० जनामा संक्रमण देखिएको छ । यस्तै, दाङमा एक हजार १४९, रुपन्देहीमा ६७९, चितवनमा ४२९, गुल्मीमा २९२, दार्चुलामा १९२ तथा काभ्रेमा १५६ जनामा संक्रमण पुष्टि भएकोे छ । अन्य जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम रहेको महाशाखाको तथ्यांक छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ७ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।