५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपतिबाट संसदको घोर अपमानः सत्ता गठबन्धन



५ असोज ०७९, काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको घोर अपमान गरेको निष्कर्ष निकालेको छ। असोज ४ गते भित्र प्रमाणीकरण गरिसक्नुपर्ने नागरिकता विधेयक निष्क्रिय भएपछि गठबन्धनले आधिकारिक धारणा सार्वजनिक गरेको हो।
नागरिकता विधेयक समयसीमाभित्र प्रमाणीकरण नहुँदा संवैधानिक व्यवस्था माथि प्रहार भएको ठहर गरेको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले विधेयक समयसीमाभित्र प्रमाणीकरण नहुँदा संवैधानिक व्यवस्था माथि प्रहार भएको ठहर गर्दै संयुक्त विज्ञप्ति जारी गरेको छ।
सत्तारुढ गठबन्धनले राष्ट्रपतिबाट नागरिकता विधेयक समयसीमाभित्र प्रमाणीकरण नहुँदा संवैधानिक व्यवस्था माथि प्रहार भएको ठहर गरेको छ। ‘प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुनः पारित भइ प्रमाणिकरणका लागि सम्माननीय राष्ट्रपति समक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समय सीमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथिनै प्रहार गरेको ठहर गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।