५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘नागरिकता कागजको खोस्टो होइन, विवाहको भोलिपल्टै दिनुहुँदैन’




७ असोज ०७९, मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टो मात्र नभएकोले विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा सहमत हुन नसकिने बताएका छन् ।
चुनाव केन्द्रित कार्यक्रममा गृहजिल्ला मकवानपुरमा रहेका थापाले बकैया गाउँ पालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ । जन्मशिद्ध नागरिकका सन्तानले सहजरुपमा नागरिकता पाउनुपर्छ । तर विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयकलाई स्विकार गर्न सकिँदैन् ।’
राजनीतिक दलहरु विशेषगरी युवाहरु राजनीतिक स्वार्थको गोटि बन्नु नहुने उनको भनाइ छ । उनले सरकार र दलहरुको मर्यादाहिन व्यवहारको कारण संविधानले सकारात्मक परिवर्तनको दिन नसकेको टिप्पणी गर्दै
लोकतन्त्रको आवरणमा ब्रम्हलुट र सर्वसत्तावादी प्रवृत्ति हावी भएको बताए ।

संविधान पतन हुनबाट जोगाउन दलहरुको व्यवहारमा सुधार अनिवार्य भएको भन्दै थापाले धर्मनिरपेक्षता र प्रदेश तहको खारेजी आवश्यक भएको समेत अभिव्यक्ति दिए ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ८ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।