१३ माघ २०८१, आइतबार | Mon Jan 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पुल्चोकको श्री लालीगुँरास सहकारी गतिशीलपछि स्टार सहकारीसँग एकीकरण गर्दै




७ असोज ०७९,ललितपुर । ललितपुर महानगरपालिका ३ स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गतिशील बहुउदेश्यीय सहकारीसँग एकीकरण सम्झौंता गरेको केही समयपछि र ललितपुर महानगरपालिका ५ कुमारीपाटी स्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकिकरण गर्ने प्ररम्भीक सम्झौता भएको छ ।
विहीबार ललितपुरमा दुई संस्थाका अध्यक्षबीच सम्झौता भएको हो । सम्झौतापत्रमा श्री लालीगुँरास सहकारी संस्था लिमिटेडका अध्यक्ष अमरदास श्रेष्ठ र स्टार बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष दिनेश राईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।


सहकारी ऐन २०७४ , नियमावली २०७५ र सहकारी संस्थाको एकिकरण तथा विभाजन निर्देशिका २०७७ को अधिनमा रही एकिकरण सम्झौता भएको हो ।
सम्झौता पत्रमा दुई सहकारी एकिकरण गर्न संयोजन कार्यदल गठन गरिएको छ । कार्यदलमा श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी लिका तर्फबाट अध्यक्ष अमरदास श्रेष्ठ, ऋण उपसमितिका सदस्य अञ्जु उप्रेती र चाटर्ड एकाउन्टेन्ट(सिए) गोविन्द शर्मा गैरे रहेका छन् ।


त्यस्तै स्टार बचत तथा ऋण सहकारी संस्था लिका तर्फबाट उपाध्यक्ष श्रद्धा शाक्य र चाटर्ड एकाउन्टेन्ट(सिए) प्रयास श्रेष्ठ रहेका छन् ।
सम्झौता लगत्तै दुई ठुला श्री लालीगुँरास र स्टारबीचको मर्जर प्रकृया शुरुवात भएको छ । ललितपुरका दुई ठुला संस्थाबीचको सम्झौताले दुवै संस्थाका संचालक समिति, उपसमिति र शेयर सदस्यमा थप उर्जा बढ्ने अपेक्षा गरिएको छ ।

ललितपुरमा लालीगुराँसका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र गतिशीलका कार्यबाहक अध्यक्ष विकासबहादुर थापाबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो । ललितपुरमा मुख्यालय रहेका दुबै सहकारी मर्जर हुनेवित्तिकै निक्षेपकर्तासहित सबैलाई झन् फाइदा र सेवासुविधामा वृद्धि हुने बताइएको छ ।
लालीगुराँसका प्रमुख कार्यकारी निर्देशक भण्डारीले निक्षेपकर्ताहरूको हित तथा सेवासुविधाका लागि मर्जरको नीतिअनुसार अगाडि बढेको बताए ।

भण्डारीले लालीगुराँसमा क्रमशः अन्य सहकारीहरूलाई पनि मर्जर गराउने नीति लिइएको बताएका छन् ।

 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ९ : २१ बजे