२० मंसिर २०८१, बिहिबार | Thu Dec 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


लामो प्रतिबन्धपछि विदेशी पर्यटकका लागि भुटान खुला, नेपालीकलाई सिमकार्डसहित स्वागत



८ असोज ०७९, काठमाडौं ।  झन्डै दुुई वर्ष लामो प्रतिबन्धपछि भुटान विदेश पर्यटकहरुका लागि पुनः खुला भएको छ । कोभिड–१९ महामारीपछि बन्द रहेको सिमाना हिमालयन राज्यले पुनः खोलेको हो । स्थानीय अर्थतन्त्रलाई पुनरुत्थान गर्न पर्यटनमा आबद्ध अधिकारीहरूसहित २३ विदेशी पर्यटक शुक्रबार भुटान पुुगेका छन् ।

प्राकृतिक सौन्दर्य र पुरातन बौद्ध संस्कृतिका लागि परिचित चीन र भारतको बीचमा जोडिएको भुटानले पहिलो संक्रमित भेटिएपछि सन् २०२० मा सिमाना बन्द गरेको थियो । करिब ८ लाख जनसंख्या भएको भुुटानमा ६१ हजारलाई संक्रमण भएको छ भने २१ जनाको मृत्युभएको छ । तर, कोभिडका कारण यहाँको अर्थतन्त्र भने धरासायी भएको छ ।

‘हाम्रो लागि पर्यटन भनेको आम्दानी मात्र होइन’ भुटानको पर्यटन परिषद् ९टीसीबी०का महानिर्देशक दोर्जी ध्राधुलले राजधानी थिम्पु नजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक आगन्तुकलाई स्वागत गरेपछि भने । पर्यटकहरुलाई मह, बेसार सिम कार्ड दिएर स्वागत गरिएको थियो ।

काठमाडौंबाट पहिलो उडानमा पुुगेका प्रत्येक आगन्तुकलाई उपहारस्वरूप अर्गानिक मह, चिया, बेसार र स्थानीय सिमकार्डको सानो प्याक उपहारस्वरूप दिइएको भारतीय समाचार संस्था एनडीटीले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  १२ : १३ बजे